काठमाडौं । अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय (त्रिवि) समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमाथि कारवाहीको माग गरेको छ ।
अखिलका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आज विज्ञप्ति जारी गर्दै आक्रमण गर्नेलाई गिरफ्तार गरी हदैसम्मको कारवाही गरेर प्राध्यापक जगत्लाई सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन्।
यही असोज २० गते आफ्नो नियमित कामका सन्दर्भमा त्रिवि परिसरमा हिँडिरहेका उपप्राध्यापक चलाउनेमाथि एक समूहले आक्रमण गरेको थियो । उपप्रध्यापक चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया