कोरोना संक्रमित पूर्वमन्त्री तथा कांग्रेस नेता थापा अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं – नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री सुनिल बहादुर थापालाई कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएर आईसोलेसनमा बसिरहेको अवस्थामा स्वास्थ्यमा थप  जटिलता उत्पन्न भएसँगै अस्पतालमा भर्ना भएका छन्।

पारिवारीक स्रोतका अनुसार पाँच दिनअघि कोरोना पुष्टि भएका थापालाई ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि ह्याम्स अस्पताल भर्ना गरिएको हो।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता थापालाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

पछिल्लो दुई सातायता नेपालमा कोरोना संक्रमितको संख्या बढीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?