दिल्लीका सबैभन्दा महंगा खेलाडी ऋषभ पन्त टिम ११ मा पर्न सकेनन्, बलिङ गर्दै मुम्बई

काठमाडौं । आईपीएलको १३ औँ सीजनको २७ औँ म्याचमा अहिले मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्द्धा भईरहेको छ ।

दिल्लीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै मुम्बई फिल्डिङ गर्दैछ ।

आज दिल्लीका कप्तान श्रेयस अय्यरले विकेट किपर ऋषभ पन्त र शिमरन हेटमेयरलाई बाहिर राखेका छन् ।

उनीहरुको ठाउँमा एलेक्स क्यारी र अंजिक्य रहाणेलाई टीममा मौका दिइएको छ । मुम्बईका कप्तान रोशित शर्माले भने टिममा केहि परिवर्तन गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?