काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँमा नयाँ नोट सटही सुविधा उपलब्ध नगराउने बताएको छ ।
केन्द्रीय बैंकले आइतवार एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिमका कारण दसैँ लक्षित नयाँ नोट सटही नगर्ने बताएको हो ।
विगतका वर्षहरुमा दसैंलाई लक्षित गर्दै नयाँ नोट सटहीको व्यवस्था गर्दै आएको केन्द्रीय बैंकले यो वर्ष कोभिड १९ को प्रभाव बढ्दै गएकोले सम्भावित जोमिलाई मध्यनजन गर्दै नयाँ नोट वितरण नगर्ने जनाएको छ । गत वर्ष केन्द्रीय बैंकले करिब ६० अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया