मौसम परिवर्तन हुँदा अनुहारको सौन्दर्यमा देखिने समस्या

मौसम परिवर्तन हुँदैछ, यो मैसममा छालाको उचित स्याहार गरेन भने छाला बिग्रन्छ र सुन्दरतामा कमि आउन सक्छ । यो हावाहुरी धेरै हुने मौसम भएकोले छालालाई स्वस्थ र सुन्दरता विग्रिन सक्छ । यो मौसममा छालालाई स्वस्थ र सुन्दर राख्न यी उपहायहरु अपनाउन सकिन्छ ।

  • मौसम परिवर्तनका कारण हावा धेरै चल्ने भएकाले छाला सुख्खा हुनुका साथै फुट्ने समस्यासमेत सिर्जना हुन्छ ।
  • छाला सफा राख्नुपर्छ । नियमित रुपमा नुहाउनुपर्छ ।
  • छाला सुख्खा हुन तथा फुट्न नदिन समय–समयमा मोस्चराइजर युक्त क्रिम लगाउनुपर्छ ।
  • राति सुत्नुअघि क्लिनजिङ क्रिमले अनुहार सफा गरेर आफ्नो स्किनअनुसार नाइट क्रिम प्रयोग गर्नुपर्छ ।
  • हरेक पटक अनुहार धोएपछि मोस्चराइजरयुक्त क्रिम लगाउँदा छाला नरम रहन्छ । घाममा निस्कनुभन्दा आधा घण्टाअघि सन स्किन क्रिम लगाउनुपर्छ ।
  • सुख्खा स्किन भएकाहरूले चिल्लो तथा चिल्लो स्किन भएकाहरूले सामान्य किसिमको क्रिम प्रयोग गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?