उत्तर कोरियाले बनायो अमेरिकासम्म प्रहार गर्न सक्ने शक्तिशाली मिसाइल, ट्रम्प रुष्ट (फोटोसहित)

काठमाडौं । उत्तर कोरियाले एउटा यस्तो मिसाइल तयार पारेको छ, जसले अमेरिकाको कुनै पनि शहरसम्म हमला गर्न सक्छ ।

उत्तर कोरियाको सरकारी मिडियाका अनुसार, शनिवार मिलिट्री परेडका बेला नयाँ इन्टरकोन्टिनेन्टल ब्यालेस्टिक मिसाइल लञ्च गरेको हो ।

North Korea missile

डेली मेलमा छापिएको रिपोर्टका अनुसार यो शक्तिशाली मिसाइलको जानकारी पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुष्ट बनेका छन् ।

North Korea

यो नयाँ मिसाइलले उत्तर कोरियाबाट अमेरिकाको कुनै पनि शहरमा हमला गर्न सक्ने बताइएको छ ।

Donald Trump

यो मिसाइल संसारकै सबैभन्दा लामो रोड मिसाइल बन्न सक्ने बताइएको छ । नयाँ मिसाइलको जानकारी पाएपछि ट्रम्प रुष्ट बनेका छन् ।

North Korea missile

यो मिसाइलको लम्बाई २५ देखि २६ मीटरसम्म हुन्सक्ने बताइएको छ । त्यस्तै यो मिसाइलबाट २ हजार देखि ३५०० किलोसम्मको बम खसाल्न सकिन्छ ।

Kim Jong Un

रिपोर्टका अनुसार वर्कस पार्टीको ७५ औँ वर्षगाँठको अवसरमा राती उत्तर कोरियाको राजधानी प्योंगयांगमा विशाल मिलिट्री परेडको आयोजना गरेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?