साताको पहिलो दिनको शेयर बजार : नेप्से परिसुचक दोहोरो अंकले घट्यो

काठमाडौं । आइतबार शेयरबजार पसिुचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ । १३.३७ अंकले घटेर आइतबार १५ सय ७६ दशमलव २७ को अंकमा बजार बन्द भएको नेपाल स्टक एक्स्चेज (नेप्से) ले जनाएको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसुचक ३.०१ अंकले ओरालो लाग्दै ३११.७४ अंकको विन्दुमा बजार बन्द भएको छ । आइतबार समुहगत परिसुचक अन्र्तगत १२ समुहको कारोबार भएकोमा एउटा समुहको परिसुचक बढ्दा बाकिँ ११ समुहको परिसुचकमा गिरावट आएको छ ।

फाइन्यास् अर्थात वित्त समुहको परिसुचक मात्र वृद्धि भएको छ । उक्त समुहको परिसुचक भने २.०८ प्रतिशतले बढेको छ । बाँकि ११ समुहमध्य सर्वाधिक गिरावट होटल समुहको परिसुचकमा परेको छ त्यसलाई पछ्याउँदै दोस्रोमा जलविद्युत समुहको परिसुचक रहेको छ । उक्त कम्पनीको क्रमश ः २.१४ र १.९८ प्रतिशत रहेको छ ।

आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको १० करोड ६ लाख ८५ हजार १ सय १७ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसलाई पछयाउँदै दोस्रो स्थानमा अपि पावर कम्पनी लिमिटेड रहेको छ । शेयर संख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ५ लाख १४ हजार ५ सय ५१ कित्ता शेयरहरु खरिदविक्रि भएको छ । कारोबार संख्यका आधारमा आइतबार पनि रिलायनस लाइफ इन्स्योरेन्सनै अग्र स्थानमा रहेको छ । उक्त कम्पनीको १ हजार ९सय ६४ पटक कारोबार भएको छ ।

आइतबारको कारोबारमा आइ सि एफ सि फाइनेन्स लिमिटेडका लगानीकर्ताले ९.८२ प्रतिशतले कमाएका छन् भने अपि पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ७.१४ प्रतिशतले गुमाएका छन् ।

आइतबार १ सय ९३ कम्पनीको ३७ हजार ५ सय १५ पटकको कारोबारमा ९२ लाख ८१ हजार ४ सय ७८ कित्ता शेयरको खरिदविक्रि हुँदा २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार ५ सय ९८ रुपैयाँ ८५ पैसा बराबरको कारोबार भएको छ ।
आइतबार कारोबारमा आएका कम्पनी मध्य जम्मा ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकि ५ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?