बाबुरामको आरोप प्रतिवाद गर्दै बोल्यो कांग्रेस : ‘सभापति माथिको दाबा पुष्टि गर्नूस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध डा बाबुराम भट्टराईले लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ ।

केहीदिन अघि गोरखाको पालुङ्टार नगरपालिका-६ पौवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले बुढिगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमा नेपाली कांग्रेसका सभापति समेतको संलग्नता रहेको बताएका थिए ।

उक्त कुराको ध्यानाकर्षण भएको जनाउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै पार्टी सभापति समक्ष लगाइएको आरोप पुष्टि गर्न चुनौति सहित गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियारलाई अपील समेत गरेका छन् ।

डा. बाबुरामको अभिव्यक्तिमा कांग्रेसको गम्भीर ध्यानाकर्षण । प्रमाणको दाबा पुष्टि गर्न चुनौति सहित गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियारलाई अपील ।” जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त कार्यक्रममा बोल्दै डा भट्टराईले बहालवाला प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु देउवा र पुष्पकमल दाहाल प्रचण्डले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको समेत बताएका थिए ।

बुढी गण्डकी जलविद्युत परियोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने ठहर गर्दै कांग्रेसको नेतृत्वको सरकारका पालामा गठित अध्ययन समितिले गरेको समेत जनाएको छ । जारी विज्ञप्तिमा भनिएको छ, “त्यसका लागि नेपाली जनताको लगानी सहभागिताको प्रकृया समेत आरम्भ भई अरबौं रुपैयाँ संकलन भइसकेका बेला हठात् गेजुवा कम्पनीलाई सुम्पने निर्णय तर्फ अघि बढ्नुलाई नेपाली कांग्रेसले अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक रुपमा लिएको छ ।”

विज्ञप्ति पढ्नुहोस्

 

 

यो पनि

‘बर्बाद भयो कमरेड ! भनेर प्रचण्डजी सधैँ बिलौना गर्नुहुन्छ’ : डा. बाबुराम भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?