काठमाडौं । पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन थापाको परिवारका अन्य सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो रिपोर्ट अनुसार थापाको श्रीमती र छोरीमा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।
थापामा गत असोज १७ गते कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा रहेका छन् । गत मंगलवार थापाका बुबा महेन्द्र कुमार थापा, आमा महेश्वरी थापा र काका शैलन्द्र कुमार थापामा कोरोना संक्रमण भएको थियो ।
उनी निकट स्रोतका अनुसार आज आएको रिपोर्टमा उनको एक छोरी र श्रीमतीलाई संक्रमण पुष्टि भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया