अस्पतालबाट फर्किए पछि जंगिए ट्रम्प : भने ‘चिनियाँ भाइरस सधैँका लागि मेटाइदिनेछौँ’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको उपचार गरेर अस्पतालबाट फर्किएपछि चीनमाथि रुष्ट बनेका छन् ।

उनले ह्वाइट हाउसका मानिसहरुलासँग भने, ‘अमेरिकी वैज्ञानिक र औषधिको शक्तिबाट हामी चीनको भाइरसलाई सधैँका लागि नष्ट गरिदिनेछौँ ।’

ट्रम्प कोरोना भाइरसको संक्रमण भएपछि अस्पतालमा भर्ना भई ३ दिनपछि अस्पतालबाट ह्वाइट हाउस गएका थिए ।

अस्पतालबाट फर्किए पछि उनी पहिलो पटक आम नागरिकसामु देखिएका थिए ।

उनले ह्वाइट हाउसको बालकुनीमा बसेर सयौँ संख्यामा जम्मा भएका शुभचिन्तकलाई धन्यवाद दिएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?