नयाँदिल्ली । भारतमा आइतवार कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ७० लाख नाघेको छ । साथै कोरोना संक्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ८ हजार ३३४ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा गत २४ घण्टामा ७४ हजार ३८३ जनामा थप संक्रमण देखिएको र कोरोना संक्रमणको कारण ९१८ जनाको मृत्यु भएको छ । गत १३ दिन अर्थात सेप्टेम्बर १८ बाट अक्टोबर २८ सम्म कोभिड १९ संक्रमितको संख्या दश लाख बढेको पनि समाचारमा जनाइएको छ ।
अझै पनि भारतभरी ८ लाख ६७ हजार ४६९ व्यक्ति संक्रिय संक्रमित रहेका छन् । कोरोनाको संक्रमण देखा परेयता हालसम्म ६० लाख ७७ हजार ९७६ संक्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन ।
कोरोनाको संक्रमण देखा परेयता भारतमा ८ करोड ६८ लाख ७७ हजार २४२ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।
शनिवार एकै दिनमा पनि १० लाख ७८ हजार ५४४ व्यक्तिको कोरोना भाइरस संक्रमण परिक्षण गरिएको पनि आइसीएमआरले जानकारी दिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया