काठमाडौं । भारतको झारखण्डस्थित धनबादमा स्थानीय जेएमएमका नेता र उनकी श्रीमती मृतावस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
नेता शंकर रानी र उनकी श्रीमतीलाई घरमा मृतावस्थामा फेला पारिएको हो ।
उनीहरुको शरीरमा गोली लागेकोले उनीहरुको गाली हानेर हत्या गरिएको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घटना हिजो राती भएको बताइएको छ । अहिले घटनाबारे अनुसन्धान भईरहेको छ । उनीहरुको घरमा रगतले लत्पतिएको अवस्थामा शव भेटिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया