काठमाडौं । नेपालको निजि विमानसेवा कम्पनी बुद्ध एयर २४ औँ वर्षमा प्रवेश गरेको छ । अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याई सन् १९९७ अक्टोबर ११ मा बुद्धले नेपाली आकाशमा पहिलो उडान गरेको थियो ।
हालसम्म बुद्ध एयरसँग १३ वटा जहाजमार्फत लाखौँ स्वदेशी एवं विदेशी यात्रुलाई सेवा दिइसकेको प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
प्रबन्ध निर्देशक बस्नेतले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले हरेक क्षेत्रलाई नराम्ररी प्रभावित गरेको बताए ।
कम्पनीले कोडिभ १९ बाट प्रभावित नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक टूर प्याकेज ल्याएको समेत बताएका छन् ।
त्यस्तै कम्पनीले कोरोनाबाट प्रभावित नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक टूर प्याकेज ल्याएको उनले बताए ।
साथै बन्दाबन्दीको अवधीमा समेत एक जना कर्मचारीको समेत कटौती नगरिएको उनले जानकारी दिएका छन् ।
कोभिडपछि २१ सेप्टेम्बरबाट उडान सञ्चालन हुने भएपछि कम्पनीले भाडादरमा ठूलो कटौती गरी सेवा प्रदान गरिरहेको कम्पनीको दाबी रहेको छ ।
कोरोना पछिको पर्यटनलाई प्रवद्धन गर्न बुद्धले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले यसलाई सुरक्षित र संक्रमणरहित तरिकाले पर्यटकीय गतिविधि सञ्चालन गर्नसकेको खण्डमा विदेशी पर्यटकलाई पनि आत्मवल पुग्ने बुद्धले जनाएको छ ।
बन्दाबन्दीको केही दिनमै संक्रमणरहित र सुरक्षित हवाई सेवा कसरी सञ्चालन गर्ने भनेर ‘सुरक्षा निर्देशिका’ ल्याएको र जुन नेपालमै कोभिड विरुद्धका पहिलो निर्देशिका रहेको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया