चाडपर्व नजिकिएसँगै बढ्यो मानिसहरुको चहलपहल (फोटोफिचर)

काठमाडौं । नेपालीहरुको महान् पर्व दशैँ नजिकिएसँगै काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरुमा मानिसहरुको चहलपहल बाक्लै देखिन थालेको छ । अघिल्ला वर्षहरुको तुलनामा कम मानिसको चहलपहल भएपनि कोरोना कहरका कारण मानिसहरु अनुहारमा मास्कको प्रयोग गर्दै बजारमा देखिएका छन् ।

कोरोना महामारीकाबीच सुनसानप्रायः बनेका काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरुमा चाडपर्व नजिकिएसँगै मानिसहरु मुखमा मास्क लगाएर हिड्न थालेका छन् । कतिपयका हातमा ‘ग्लोब्स’ पनि देखिन्छ ।

विश्वलाई नै आक्रान्त पारेको कोरोनाको कहरका कारण ठूला चाडपर्व नजिकिँदै गएपनि काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक बजारमा चहलपहल कम देखिएको छ । विगतका वर्षहरुमा दशैँ नजिकिएसँगै निकै भिड हुने बजारमा यस वर्ष कोभिड-१९ संक्रमणको जोखिमका कारण कम चहलपहल देखिएको हो ।

साँघुरो गल्ली भएका कारण असन ईन्द्रचोकमा मानिसहरुले एक दोस्रोसँगको दूरी कायम गरेका छैनन् ।

तस्वीरमा हेर्नुहोस् चाडपर्व नजिकिएसँगै मानिसहरुको बढेको चहलपहल :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?