काठमाडौं । आईपीएलमा १३ औँ सीजनको २५ औँ म्याचमा हिजो महेन्द्र सिंह धोनीले आफ्नो टी-२० करियरमा ३०० औँ छक्का प्रहार गरेका छन् ।

उनले खेलमा भने ६ बलामा १० रन मात्रै बनाउन सके । उनको टीम विराट कोहलीको कप्तानीमा रहेको ब्यांग्लोरसँग ३७ रनले पराजित भयो ।

ब्यांग्लोरका कप्तान विराट कोहलीले नट आउट ९० रन बनाएका थिए ।

उनकी श्रीमती तथा अभिनेत्री अनुष्का शर्मा पनि स्टेडियमबाट उनलाई चीयर्स गर्दै गरेको दृश्य देखिएको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया