काठमाडौं । आईपीएलको १३ औँ सीजनको चौथो डबल हेडरको पहिलो खेलमा ३ः४५ बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भिड्दै छन् ।
त्यस्तै दोश्रो खेलमा साँझ ७ः४५ बजे मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।
डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबादले यो सीजनमा ६ म्याचमा ३ मा जित निकालेको छ भने राजस्थानले ४ म्याच लगातार हारेर अंक तालिकाको सातौँ नम्बरमा रहेको छ ।
त्यस्तै अर्को खेलमा टप २ टीम दिल्ली र मुम्बई भिड्दैछन् ।
दिल्ली म्याच जितेर प्ले अफमा जाने कदम अगाडि बढाउनेछ भने मुम्बई दिल्लीलाई हराएर अंकतालिकाको शीर्ष स्थानमा जाने प्रयत्न गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया