विभिन्न मागसहित २० राजनीतिक संगठनद्वारा आन्दोलनको घोषणा

काठमाडौं । विभिन्न २० राजनीतिक संगठनको कार्यगत एकता भएको छ । एकतासँगै ती संगठनहरुले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएका गलत कार्यको विरोधमा आन्दोलनमा जाने निर्णय गरेका छन् ।

कार्यगत एकतापछि बसेको बैठकले एमसीसीको खारेजी, नेपालको वास्तविक नक्सा अनुसारको भूभाग हासिल गर्ने र भारतद्वारा गरिएका नयाँ अतिक्रमणलगायतको विरोधमा आश्विन २९ गते माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने तय भएको देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले बताए । त्यसपछि पनि आन्दोलनलाई निरन्तरता दिँदै जाने उनको भनाइ छ ।

मोर्चामा नेकपा (मशाल), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(माले), राष्ट्रिय जनमोर्चा, नेपाल देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा(माओवादी केन्द्र), राष्ट्रिय जागरण मंच, जन समाजवादी पार्टी, नेकपा(संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा(बोल्शेविक), राष्ट्रवादी केन्द्र, नेपाल, एम् सी सी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी(माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा(माक्र्सवादी), नेकपा माक्र्सवादी(पुष्पलाल) र २१. ने क पा (माओवादी) रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?