नेसन्स लिग फुटबल : जर्मनीसँग युक्रेन पराजित

काठमाडौं । नेसन्स लिग फुटबलमा युक्रेन जर्मनीसँग पराजित भएको छ । शनिवार राति भएको खेलमा जर्मनीले युक्रेनलाई २–१ गोल अन्तरले पराजित भएको हो ।

जर्मनीले नेसन्स लिग फुटबलमा यो पहिलो जित दर्ता गरेको हो । उसले समूह चरणको सुरुवाती दुई खेलमा बराबरी खेल्दै अंक बाँडेको थियो ।

Match awards for Germany's 2-1 victory over Ukraine - Bavarian Football  Works

खेलमा अग्रता २० औं मिनेटमा मथायस गिन्टरको गोलमा जर्मनीले लिएको थियो । लियोन गोरेत्र्जकाले ४९ औं मिनेटमा जर्मनीका अग्रता दोब्बर बनाउने काम गरे ।

घरेलु टोली युक्रेनका रुस्लान मालिनोवस्कीले एक सान्त्वना गोल फर्काए ।

जर्मनीले दुई वर्ष अघि शुरु नेसन्स लिगमा जित निकाल्न सकेको थिएन । जर्मनीले तीन खेलबाट ५ अंक जोडेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?