अस्पतालबाट ह्वाइट हाउस गएपछि पहिलो पटक बालकुनिमा देखिए ट्रम्प, के भने समर्थकलाई ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट ह्वाइट हाउस गएपछि पहिलोपटक ह्वाइट हाउसको बालकुनीमा देखिएका छन् ।

उनले आफ्ना समर्थकलाई त्यहाँबाटै सहयोग र समर्थन गरेकोमा धन्यबाद दिएका छन् । ट्रम्प कोरोना भाइरसविरुद्धको लडाई जितेर पहिलो पटक देखिएका हुन् ।

उनले भने, एकदमै राम्रो लागिरहेको छ, र म तपाईहरुलाई तपाईहरुले गरेको प्रार्थनाका लागि सबैलाई धन्यवाद दिन चाहान्छु ।

कोरोना भाइरसबाट ठीक भएर ह्वाइट हाउसमा फर्किएका डोनाल्ड ट्रम्पको आगामी र्‍यालीको घोषणा भईसकेको छ ।

अहिले र्‍यालीको तयारी थालिएको छ । उनको प्रचार अभियान सम्हालीरहेको टीमले सोमवार फ्लोरिडामा पहिलो पटक र्‍याली गर्ने र त्यसपछि पेन्सिवेल्नियामा मंगलवार सहभागी बन्ने बताइएएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?