कोरोनाको प्रकोप : अमेरिकामा शनिवार कति थपिए संक्रमित, कतिको मृत्यु ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

अहिलेसम्म विश्वमा १० लाख ७७ हजार ४५८ जनाको मृत्यु भएको छ भने ३ करोड ७४ लाख ५९ हजार १६१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ८१ लाख ११ हजार ९५१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६८ हजार ६११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा हालसम्म २ लाख १९ हजार २८२ जनाको मृत्यु भएको छ भने ७९ लाख४५ हजार ५०५ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ५० लाख ८९ हजार ८४२ जना संक्रमण मुक्त भएका छन् भने २६ लाख ३६ हजार ३८१ जना उपचाररत छन् ।

त्यस्तै १४ हजार ७२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।अमेरिकाको क्यालिफोर्नियामा हालसम्म १६ हजार ५७५ जनाको मृत्यु भएको छ भने ८ लाख ५२ हजार ६६६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा १७ हजार ५५ जनाको मृत्यु भएको छ भने ८ लाख ३२ हजार ९२८ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म १५ हजार १८७ जनाको मृत्यु भएको छ भने ७ लाख २८ हजार ९२१ जनालाई कोरोना संक्रमण भएको छ ।

अमेरिकामा शनिवार मात्रै ५० हजार ८७६ जना कोरोना संक्रमित थपिएका छन् भने ६३५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?