राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

यस वर्षको दसैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ । कोभिड–१९ को जोखिम उच्च भएकाले भीड गरेर नयाँ नोट बाँड्ने अवस्था नभएको भन्दै राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने नीति लिएको हो ।

यस विषयमा राष्ट्र बैंकले औपचारिक सूचना जारी गरिसकेको छैन । तर गत साता बसेको सञ्चालक समिति बैठकमा यसबारे छलफल भइसकेको छ । नयाँ नोट वितरण नगर्ने विषयमा सम्भवतः सोमबार सूचना जारी गरिने राष्ट्र बैंक स्रोतको भनाइ छ ।

कोरोनाको जोखिम उच्च भएकाले पंक्तिबद्ध गराएर नयाँ नोट बाँड्ने अवस्था नभएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?