कतारले माग्यो घरेलु श्रमिक

कतारले घरेलु श्रमिकलाई औपचारिक क्षेत्रसरह नै समेटेपछि नेपाल सरकारलाई घरेलु श्रमिक पठाउन पुनः आग्रह गरेको छ । कतारमा घरेलु क्षेत्रमा पुरुष श्रमिकको संख्या ठूलो छ ।
कतारले पछिल्लो पटक सहजै रोजगारी परिवर्तन गर्न पाउने र न्यूनतम तलब लागू गर्ने प्रावधान घरेलु श्रमिकको हकमा पनि लागू गरेको छ ।
‘औपचारिक क्षेत्र जसरी नै घरेलु श्रमिक नेपालबाट ल्याउने कतार सरकारको चाहना छ । कतारी अधिकारीहरूले घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन हामीलाई अनुरोध गरेको छ,’ कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, ‘हामी यसबारे पुनर्विचार गरिरहेका छौं ।’
कतारमा झन्डै ५० हजार नेपाली श्रमिक घरेलु क्षेत्रमा कार्यरत छन् । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?