कोभिड–१९ संक्रमणले मुलुकमा दिनहुँ रेकर्ड तोड्न थालेको छ । शनिबार कोरोना संक्रमणको दर हालसम्मकै उच्च भएको छ ।
१९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८ जना (२५.९२ प्रतिशत) मा संक्रमण देखिएको हो । शुक्रबार संक्रमितको संख्या १ लाख र कोरोनाकै कारण मृत्यु हुनेको संख्या ६ सय नाघेको थियो ।
यसअघि बिहीबार संक्रमण दर २२.६२ प्रतिशत थियो । शनिबारको तथ्यांकअनुसार एक सय जनाको कोभिड परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको छ । दिनहुँ देखिने
संक्रमण अत्यधिक भएसँगै कोभिडको कुल संक्रमण दर पनि वृद्घि भइरहेको छ । शनिबार कुल संक्रमण दर ९.०७ प्रतिशत पुगेको छ । बिहीबार उक्त दर ८.७१ प्रतिशत थियो ।
‘कोभिड संक्रमणको हरेक दिन नयाँ रेकर्ड बन्दै छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेले भने, ‘कोभिड समुदायमा गइसक्यो । आधिकारिक रूपमा प्रमाणित गर्न ‘सेरो प्रिभिलेन्स’ सर्वेक्षणको प्रतिवेदनलाई पर्खंदै छौं ।’ उपत्यकासहित देशैभर सबै उमेर समूहका व्यक्तिमा संक्रमण देखिएको छ । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया