शनिवार भारतमा थपिए ७४ हजार भन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

अहिलेसम्म विश्वमा १० लाख ७७ हजार ४५८ जनाको मृत्यु भएको छ भने ३ करोड ७४ लाख ५९ हजार १६१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ८१ लाख ११ हजार ९५१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६८ हजार ६११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा १ लाख ८ हजार ३७१ जनाको मृत्यु भएको छ भने ७० लाख ५१ हजार ५४३ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ६० लाख ७४ हजार ८६३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ लाख ६८ हजार ३०९ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा शनिवार ७४ हजार ५३५ जना संक्रमित थपिएका छन् भने ९२१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?