कोरोनाभाइरस – अमेरिका र भारतको यस्तो छ पछिल्लो तथ्यांक

कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा हालसम्म संक्रमितको संख्या ७९ लाख १५ हजारको हाराहारीमा रहेको छ भने मृतकको संख्या २ लाख १९ हजार नजिक पुगेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार हालसम्म अमेरिकामा निको हुनेको संख्या ५० लाख ७१ हजारको हाराहारीमा छ ।

यस्तै दोस्रो स्थानमा रहेको भारतमा संक्रमित ६९ लाख ९७ हजारको हाराहारीमा रहेको छ भने सो देशमा पनि मृतकको संख्या १ लाख ७ हजार बढी रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?