कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा हालसम्म संक्रमितको संख्या ७९ लाख १५ हजारको हाराहारीमा रहेको छ भने मृतकको संख्या २ लाख १९ हजार नजिक पुगेको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार हालसम्म अमेरिकामा निको हुनेको संख्या ५० लाख ७१ हजारको हाराहारीमा छ ।
यस्तै दोस्रो स्थानमा रहेको भारतमा संक्रमित ६९ लाख ९७ हजारको हाराहारीमा रहेको छ भने सो देशमा पनि मृतकको संख्या १ लाख ७ हजार बढी रहेका छन् । यस्तै ५० लाख ५७ हजारको हाराहारीमा संक्रमित रहेको ब्राजिलमा १ लाख ४९ हजार बढीको मृत्यु भइसकेको छ ।
यस्तै रसियामा १२ लाख ८५ हजार संक्रमित रहेका छन् भने मृतकको संख्या २२ हजार ४५४ पुगेको छ ।
यसैगरी पाँचौ स्थानमा रहेको कोलम्बियामा हालसम्म ८ लाख ९४ हजार संक्रमित रहेका छन् । कोलम्बियामा हालसम्म २७ हजार ४९५ बढी संक्रमित रहेका छन् । विश्वभर हालसम्म कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख ४८ हजार बढी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया