काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईलाई कोरोना संक्रमण भएको छ ।
यो जानकारी उनले सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक उनले भनेका छन्, ‘गत सोमवार कोरोना परिक्षण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमाडौं बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रवार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिवार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भर्खरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन । केहि दिन यता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया