ढाका । बङ्गलादेशमा पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमण पुष्टि हुनेको संख्या एक हजार २०३ रहेको स्वास्थ्य सेवा निर्देशनालयले शनिबार जानकारी गराएको छ ।
बङ्गलादेशमा अहिलेसम्म कूल तीन लाख ७७ हजार ७३ जना संक्रमित भएका छन् भने मृत्यु संख्या पाँच हजार ५०० पुगेको छ ।
तथ्याङ्क अनुसार विगत २४ घण्टामा बङ्गलादेशमा १० हजार ८५९ व्यक्तिको कोभिड–१९ परीक्षण भएकोमा एक हजार २०३ जना संक्रमित भेटिएका हुन् ।
इस्लाम बहुल यो मुलुकमा शनिवार कोभिड–१९ संक्रमणमुक्त भएका विरामीको संख्या एक हजार ४५३ रहेको बताइएको छ । अहिलेसम्म कूल दुई लाख ९१ हजार ३६५ व्यक्ति निको भई घर फर्किएका छन् ।
सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ संक्रमितको मृत्यु दर १.४६ प्रतिशत रहेको छ भने संक्रमणमुक्त भएको संख्या ७७।२७ प्रतिशत रहेको छ ।
बङ्गलादेशमा सबैभन्दा बढी जुलाई २ मा चार हजार १९ व्यक्ति संक्रमित भएका थिए भने सबैभन्दा बढी ६४ जनाको मृत्यु जुन ३० मा भएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया