डा. केसीको जीवन रक्षाका लागि सार्थक छलफल गरी वार्ता टुङ्ग्याउन सरकारलाई राप्रपा अध्यक्ष राणाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न, सार्थक छलफल गरी वार्ता टुङ्ग्याउन सरकारलाई आह्वान गरेका छन् ।

‘डा. गोविन्द केसीको स्वास्थ्य स्थिति निकै चिन्ताजनक छ,’ भन्दै अध्यक्ष राणाले सरकारले नागरिकको जीवनमाथि खेलबाड नगरी गम्भीर बन्नु पर्ने बताए ।

शनिवार ट्वीट गर्दै उनले भने, ‘अवस्थाको गाम्भीर्यता र संवदेनशीलता मध्यनजर गरेर सरकारलाई अविलम्ब सार्थक छलफल गरी वार्ता टुङ्ग्याउन आह्वान गर्दछु । डा. केसीको जीवन रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?