काठमाडौं । चीनले कोरोना भाइरसलाई लिएर फेरि एक पटक नयाँ दाबी गरेको छ ।
शुक्रवार चीनले कोरोना भाइरसको संक्रमण यो भन्दा अगाडिको वर्षमै विश्वका केहि भागमा फैलिएको दाबी गरेको हो । तर कोरोनाको बारेमा भने सबैभन्दा पहिला जानकारी दिने देश चीन रहेको बताएको छ ।
चीनले कोरोना भाइरसको महामारी चीनको वुहान शहरस्थित मीट मार्केटबाट चमेरो वा प्यांगोलिनबाट फैलिएको भन्ने कुरालाई पनि नकारेको छ ।
साथै अमेरिकाले वुशान शहरको ल्याबमा कोरोना भाइरस बनाएको भनेको आरोप पनि इन्कार गरेको छ ।
चीनमा अहिलेसम्म ८५ हजार ५२१ केस भेटिएका छन् भने ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले मिडिया ब्रिफिङमा भने, ‘कोरोना भाइरस एक प्रकारको नयाँ भाइरस हो, किनभने रिपोर्ट साम्ने आएपछि यसका धेरै भन्दा धेरै तथ्य बाहिर आएका छन् ।’
यो जवाफ अमेरिकी विदेश मन्त्री माइक पोम्पिओको बयान पछि बाहिरिएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया