अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं १ मा एकै घर परिवारका आठ जनामा कोरोना संक्रमण भएको छ । शीतगङ्गा नगरपालिका–७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका विशाल खड्काको परिवारका आठ जनामा कोरोना देखिएको हो । उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको विशाल खड्काले बताए । यससँगै आज जिल्लामा थप ३४ कोरोना संक्रमित बिरामी थपिएका छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा समुदायस्तरका ३४ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले जानकारी दिए । यससँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४८६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९० रहेको छ । कोरोनाका संक्रमणबाट चार जनाको ज्यान गएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया