काठमाडौं । सरकारले डा गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ ।
डा केसीसँग वार्ताको लागि गठन भएको वार्ता टोलीले आज एक विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेको हो ।
वार्ता टोलीले डा केसीले उठाएका अधिकांश माग कार्यान्वनको चरणमा रहेको र केही अध्ययनको क्रममा रहेको भन्दै कोरोनाको विद्यमान विषम परिस्थितीलाई मध्यनजर गर्दै तत्काल अनसन अन्त्य गर्न आग्रह गरेको हो ।
डा केसी विगत २७ दिनदेखि विभिन्न ६ बुँदे मागसहित अनसनरत रहेका छन् ।
यसअघि भएका वार्ताहरुमा डा केसीको मागबारे स्पष्टा पारिसकेका भन्दै सरकारी वार्ता टोलीले अनसन तोड्न आग्रह गरेको हो ।
डा केसी पक्ष र सरकारी पक्षबीच हालसम्म तीन पटक वार्ता भइसकेको छ । जसमा असोज २२ गते २ पटक र २३ एक पटक गरि ३ पटक गरिएको छलफलमा सरकारले आफ्नो तर्फबाट डा। केसीले उठाएका मागबारे स्पष्ट पारिसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चिकित्सा शिक्षाको नियमनका लागि राष्ट्रिय चिकित्सा ऐन, २०७५ तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ जारी भइसकेको र सो बमोजिम चिकित्सा शिक्षा आयोग गठन भइ एकीकृत प्रवेश परीक्षा सिट निर्धारण, एकीकृत शैक्षिक सत्र, गुणस्तर प्रत्यायन बोर्ड गठन, नेसनल मेडिकल स्पेसियालिटिज बोर्ड गठन, सरकारी शिक्षण संस्थामा ७५ प्रतिशत छात्रबृत्ति लगायतका नियमन सम्बन्धि व्यवस्था कार्यान्वयनमा आइसकेको विज्ञप्तिमा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया