काठमाडौं । ब्राजिलमा एक अनौठो दृश्य देखिएको छ । त्यहाँको वातावरणमा एक तीव्र प्रकाश देखिएको हो ।
उक्त प्रकाश एक उल्कापिण्डको भएको र वायुमण्डलमा ठोक्किएको बताइएको छ । जसका कारण राती पनि दिनको जस्तो प्रकाश देखिएको थियो ।
रियो ग्राण्डे डो सुलमा यस दृश्य क्यामेरमा कैद भएको थियो । यसमाथि अहिले शोधकर्ताहरुले अनुसन्धान गरिरहेका छन् ।
ब्राजिलको उल्कापिण्ड अब्जर्वेशनका अनुसार एउटा सानो उल्कापिण्ड वायुमण्डलसँग १७ किमी प्रतिसेकेण्डको स्पीडमा गएर ठोक्किएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया