काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
जसपाले कार्तिक पहिलो साताको लागि कार्यकारिणी समितिको बैठक बोलाएको हो ।
अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुरले कार्तिक ३ र ४ गते बैठक बोलाएका हुन्।
आगामी बैठकमा पार्टीको केन्द्रीय समिति र संघीय परिषद् बैठक, कार्यविभाजन र पार्टी समायोजन तथा पार्टीको विधान संशाधन लगायत विषयहरुमा छलफल हुने बताइएको छ ।
तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर नयाँ पार्टी ‘जसपा’ बनेको ६ महिना बितिसकेको छ । तर पार्टीका विभिन्न समस्या समाधान र केन्द्रीय समिति निर्माण हुन सकेको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया