सशस्त्र प्रहरीमा नयाँ भर्ना खुल्यो, एकैपटक १८ सय बढीको माग (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ठुलो संख्या जवानहरुको नयाँ भर्ना खुलाएको छ ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, मानव स्रोत विभागको भर्ना तथा छनोट शाखा हलचोकले ठुलो १ हजार ८ सय ३३ प्रहरी जवानको लागि भर्ना खुलाएको हो । शसस्त्र प्रहरीको रिक्त रहेको साधारण समूह तथा उपसमूहतर्फ प्रहरी जनाव पदमा भर्ना खुलाइएको हो ।

जस अन्तर्गत खुलातर्फ ९ सय ८८, अमररअशक्त सशस्त्र प्रहरीका सन्तति २०, समावेशीतर्फ महिला १ सय ६५, आदिवासीरजनजाति २ सय ६४, मधेसी २ सय ३१,दलित १ सय २४, पिछडिएको क्षेत्रका लागि ४१ जनाको भर्ना खुलाइएको हो।

त्यस्तै योग्यता पुगेका इच्छुकहरुले १० रुपैयाँको टिकट टासी (स्वयम उपस्थित भइ) आफुलाइ पायक पर्ने सशस्त्र प्रहरी बल नेपालको ७५ वटा कार्यालयहरुमा दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ।

कार्यालयका अुनसार असोज २४ गते बिहान १० बजेदेखि कात्तिक २३ गते साँझ ५ बजेसम्म बुझाउन सकिनेछ।

कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको र १८ वर्ष पूरा भइ २२ वर्ष ननाघेकाहरुले आवेदन दिन सक्नेछन् । त्यस्तै पुरुषको हकमा ५ फिट २ इन्च, महिलाको लागि पाँच फिट, पुरुषको हकमा छाती नफुलाउदा कम्तीमा ३० इन्च र म फुलाउदा ३२ इन्च हुनुपर्ने लगायतका मापदण्डहरु समेत राखिएको छ ।

सूचना पढ्न तलको लिंक क्लिक गर्नुहोस्

apf ma jagir

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?