काठमाडौं । इंग्ल्याण्डको न्यूकास्टल यूनिभर्सिटीसहित अन्य दुई युनिभर्सिटीका गरेर १ हजार ८ सय भन्दा धेरै विद्यार्थी तथा स्टाफहरुमा कोरोना भाइरस संक्रमण भएको छ ।
यो हप्ता मात्रै त्यहाँ १ हजार ३ विद्यार्थी र १२ जना स्टाफमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो भन्दा पहिला ९४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै नर्थउम्बरिया यूनिभर्सिटीका ६१९ जना र डरहम यूनिभर्सिटीका २१९ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बेलायतमा हालसम्म ५ लाख ७५ हजा ६७९ जनामा कोरोना पुष्टि भएको छ भने ४२ हजार ६७९ जनाको मृत्यु भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया