फेरि स्थगित भयो कांग्रेस केन्द्रीय समितिको बैठक

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसको असोज २५ गते आइतवार (भोली)का लागि तय भएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

शुक्रवार निधन भएका पार्टीका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) को सम्मानमा भोली पार्टी कार्यालय बन्द गर्न लागेकोले बैठक स्थगित भएको स्रोतले जनाएको छ । साथै आगामी बैठक कहिले बस्ने भन्ने टुंगो लागेका छैन् ।

पार्टीका पूर्व पदाधिकारीको निधन हुँदा एक दिन पार्टीको केन्द्रीय तथा जिल्ला कार्यालय बन्द र तीन दिन झण्डा झुकाउने चलन रहेको छ ।

त्यस्तै यता पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको सहयोगीमा कोरोना संक्रमण देखिएकाले उनी होम क्वारेन्टाइनमा रहेका छन् । पार्टीका अन्य नेताहरुमा समेत कोरोना देखिएकाले यसअघिको बैठक पनि स्थगित गरिएको थियो । कांग्रेसले गत असोज १९ गतेको लागि केन्द्रीय समितिको बैठक बोलाएको थियो ।

बैठकमा महाधिवेशनको कार्यतालिका, भ्रातृ संस्थाहरुको विवाद लगायतका विषयमा छलफल हुने बताइएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?