सहप्रवक्ता पाठक साझा पार्टीको प्रवक्तामा नियुक्त

काठमाडौं । साझा पार्टीले सहप्रवक्ता शरदराज पाठकलाई प्रवक्तामा नियुक्त गरेको छ ।

शनिवार पार्टीले सहप्रवक्ता पाठकलाई प्रवक्तामा नियुक्त गरेको हो । केन्द्रीय सदस्य समेत रहेका उनी विगत ६ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका थिए ।

उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट पार्टीका उम्मेदवार समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?