नेकपा अध्यक्षद्वयबीच छलफल निरन्तर, आज पनि भेटघाट हुँदै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले आज पनि भेटघाट तथा छलफल हुने भएको छ । केही समयपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आजको छलफलमा पनि मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकताका बाँकी काम र संवैधानिक तथा राजनैतीक नियुक्तिका बारेमा कुराकानी हुनेछ ।

पछिल्लो समय अध्यक्षद्वयबीचको छलफल तथा भेटघाट बाक्लिएको छ । बिहीवार र शुक्रवार पनि अध्यक्षद्वयले भेटघाट गरेका थिए । भेटघाटले निरन्तरता पाएपनि ठोस निष्कर्ष भने निस्किन सकेको छैन् ।

गत भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकतलाई पूर्णता दिने निर्णय गरेको थियो । भने गत असोज ६ गते बसेको सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वय र महासचिवलाई दिएको थियो ।

स्रोतका अनुसार अध्यक्षद्वयले हालसम्म पनि प्रस्ताव तयार पार्न सकेका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?