काठमाडौं । बेलायती महारानी एलिजाबेथकी बुहारी सोफी सेल्फ आईसोलेसनमा बसेकी छन् । उनी कोरोना संक्रमितको सम्पर्कमा आएपनि आइसोलेसनमा बसेकी हुन् ।
उनमा भने कोरोना संक्रमणको केहि पनि लक्षण नरहेको बताइएको छ । तर सरकारी गाइडलाइनलाई मानेर उनी आइसोलेसनमा बसेकी हुन् ।
बकिन्घम प्यालेसले शुक्रवार यसको जानकारी दिएको हो । बेलायतमा अहिलेसम्म ४२ हजार ६७९ जनाको मृत्यु भएको छ भने ५ लाख ७५ हजार ६७९ जनालाई कोराना संक्रमण भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया