काठमाडौं । आईपीएलमा महेन्द्र सिंह धोनीको प्रदर्शनबाट रुष्ट बनेका एक फ्यान्सले सोसल मिडियामा आएर बालिकालाई बलात्कार गर्ने धम्की दिएका छन् ।
उनले धोनीकी श्रीमती साक्षीको इन्स्टाग्राम अकाउण्टमा गएर उनकी ५ वर्षीया छोरीलाई बलात्कार गर्ने धम्की दिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले बताएको छ ।

आईपीएलमा अहिले धोनीको कप्तानीमा रहेको टीम चेन्नईको खराब प्रदर्शन जारी छ ।
चेन्नईले हालसम्म यो सीजनमा भएका ६ म्याचमा २ मा मात्र जित निकालेको छ भने ४ वटा खेलमा पराजित भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया