काठमाडौं । एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल होम आइसोलेसनमा बसेका छन्।
उनले आज (शनिवार) सामाजिक सञ्जाल ट्वीटरमार्फत् यसको जानकारुी दिएका हुन् ।
नेता पौडेलले आफू र परिवारका सदस्यमा अहिलेसम्म कुनै लक्षण नदेखिएको उनले जनाएका छन्।
उनले लेखेका छन्, ‘मेरो घरमा एक कर्मचारीमा कोरोना (कोभिड १९) संक्रमण देखिएकाले केहि दिनको लागि आईसोलेसनमा रहने छु । म र मेरो परिवारका अन्य कुनै सदस्यमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन ।’
मेरो घरमा एक कर्मचारीमा कोरोना ( Covid-19) संक्रमण देखिएकाले केहि दिनको लागि Isolation मा रहने छु ।
म र मेरो परिवारका अन्य कुनै सदस्यमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन ।#staysafe#COVID19— Ram Chandra Paudel (@NcPaudel) October 9, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया