काठमाडौं । कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा राखेर उपचार थालिएको छ ।
कोरोना संक्रमित भएको चौथो दिनमा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई गएरातिदेखि आइसीयूमा सारेर उपचार थालिएको छ । उनी हाल उपचारकको क्रममा बीर अस्पताल छिन् ।
उनले पहिल्यैबाट श्वास फेर्न गाह्रो भएको बताउँदै आएकी थिइन् । सांसद चौधरीले सामाजिक सञ्जालबाट फोन नगरिदिन आग्रह समेत गरेकी छन् ।
उनलाई असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया