अर्मेनिया र अजरबैजान संघर्ष बिरामका लागि राजी, एक अर्को देशका मृतकको शव फर्काउने !

काठमाडौं । अर्मेनिया र अजरबैजान बितेको केहि दिन यता युद्ध गरिरहेका थिए । अब दुबै देशले संघर्षबिरामको तयारी थालेका छन् ।

उनीहरुले यस युद्धमा मरेका सैनिकहरुको शव आफ्नो आफ्नो देशलाई फिर्ता गर्ने बताएका हुन् ।

रुसी विदेश मन्त्री सर्गेई लावरोवले अर्मेनिया र अजरबैजानले गरेको संघर्षबिरामको समर्थन गरेका छन् ।

उनले नागोर्नो-काराबाख क्षेत्रमा अजरबैजानी र अर्मेनियाली सेनाको बीचमा भएको युद्धबाट मारिएको मानिसको शव र कैदीहरुको पनि आदान प्रदान गर्न सुझाएका छन् ।

२७ सेप्टेम्बरबाट जारी अर्मेनिया र अजरबैजानको युद्धमा २०० भन्दा धेरैको ज्यान गएको बताइएको छ भने ९० जना भन्दा धेरै घाईते भएका छन् ।

ऐजन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?