काठमाडौंका यी ठाउँमा आज फेरि बत्ती जाँदै, कहाँ-कहाँ जानेछ ? हेर्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज (शनिवार) काठमाडौं उपत्यकासहित देशभरका ६ जिल्लाका विभिन्न स्थानमा विद्युत कटौती गर्ने बताएको छ ।

विद्युत लाइन सुधार, स्थानान्तरण तथा विद्युत लाइनसँग जोडिएका रुखका हाँगा कटान लगायत काम गर्न प्राधिकरणले काठमाडौं, ललितपुर र भक्तपुरसहित काभ्रे, सुनसरी र धनकुटाका विभिन्न स्थानमा विद्युत कटौती गर्ने बताएको हो ।

काठमाडौंको जोरपाटी वितरण केन्द्र अन्तर्गतका १५ ठाउँमा बिहान १० बजेदेखि विद्युत कटौती गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले शनिवार काठमाडौं उपत्यकाका मूलपानी, काँडाघारी, सनसिटी, गोठाटार, ग्रिनहिल सिटी, थली, डाँछी, भद्रवास, आलपोट, गागलफेदी, इन्द्रायणी, साँखु, लप्सीफेदी, नाग्लेभिर र जहरसिंहपौवा लगायत क्षेत्रमा विद्युत कटौती हुने जनाएको हो ।

काठमाडौं उपत्यकाका यी ठाउँमा बिहान १० बजे विद्युत कटौती हुने र अपराह्न ४ बजेपछि मात्रै सुचारु हुने प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै सुनसरीको इटहरी तथा धरान क्षेत्रमा शनिवार बिहान ७ बजेदेखि नै विद्युत कटौती हुने जानकारी दिएको छ । इटहरी–धरान क्षेत्रमा दिउँसो ३ बजे पछि मात्रै विद्युत उपलब्ध हुने बताईएको छ।

प्राधिकरणका अनुसार धनकुटाका विभिन्न क्षेत्रमा पनि बिहान ७ बजेदेखि नै विद्युत कटौती भइसकेको छ । काभ्रेका विभिन्न क्षेत्रमा भने बिहान ९ बजेपछि मात्रै विद्युत कटौती हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?