बढ्यो पानीको मूल्य

एक जार पानीको २५ रुपैयाँ तिर्दै आएका काठमाडौं महानगरपालिकाका कृषि प्राविधिक पुष्कर खड्काले बुधबार दोब्बर मूल्य तिर्नुपर्‍यो ।
कपुरधारामा रहेको कार्की पसलबाट खरिद गर्दै आएका उनले मूल्य किन बढाएको भनेर व्यवसायीलाई जिज्ञासा राख्दा गाडी ९ढुवानीकर्ता० ले बढाएर दिए, त्यसैले मूल्य बढाएको भन्ने जवाफ पाए ।

तारकेश्वर नगरपालिका–१० निवासी अंकिता सिलवालले पनि यसअघिभन्दा एक जार पानीमा थप १० रुपैयाँ तिरेको बताइन् ।
यहाँ खड्का र सिलवाल प्रतिनिधि पात्र मात्रै हुन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भदौ १० देखि लागू हुने गरी जारको मूल्य अधिकतम ५० रुपैयाँ तोक्ने निर्णय गरेसँगै संसदीय समितिले तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

विभागले पनि संसदीय समितिको निर्देशनको पालना गर्दै निर्णय स्थगन गरेको छ । तर बजारमा व्यवसायीले वाणिज्यको निर्णय भन्दै धमाधम मूल्य बढाएका छन् । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?