काठमाडौं, २ चैत । सभामुख कृष्णबहादुर महराको प्रेस सल्लाहकार बनाउन डिल्ली मल्ललाई सिफारिस गरिएको छ ।सभामुख महराको प्रेस सल्लाकार बन्न माओवादी केन्द्र निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालका नेता तथा कार्यकर्ताहरुले लबिङ तीव्र भनाइरहेका बेला प्रेस सेन्टर दाङले भने डिल्ली मल्ललाई प्रेस सल्लाहकार बनाउन सिफारिस गरेको छ ।शुक्रबार जिल्लाका नेताहरूसहित बसेको बैठकले मल्ललाई सिफारिस गर्ने निर्णय गरेको हो ।डिल्ली मल्ल प्रेस सन्टर दाङका अध्यक्ष र नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष हुन् । मल्ल दाङबाट प्रकाशित हुने माओवादी निकट ‘नौलो जनउभार’ साप्ताहिक पत्रिकाका सम्पादक समेत छन् ।सल्यान घर भएका मल्ल माओवादी जनयुद्धकालदेखि नै पत्रकारितामा सक्रिय थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया