काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले विश्वमा १० लाख ७२ हजार ६०५ जनाको मृत्यु भएको छ भने ३ करोड ७० लाख ९९ हजार १३४ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ७८ लाख ९० हजार ९४३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६८ हजार ४१० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख १८ हजार ६४८ जनाको मृत्यु भएको छ भने ७८ लाख ९४ हजार ४७८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ५० लाख ६४ हजार ३०० जना कोरोना संक्रमण मुक्त भएका छन् भने २६ लाख ११ हजार ५३० जना उपचाररत छन् ।
त्यस्तै १४ हजार ७७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा १६ हजार ५०९ जनाको मृत्यु भएको छ भने ८ लाख ४९ हजार ५५२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा ८ लाख २९ हजार ४५३ जनालाई संक्रमण भएको छ भने १६ हजार ९९२ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा हालसम्म १५ हजार १८७ जनाको मृत्यु भएको छ भने ७ लाख २८ हजार ९२१ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा शुक्रवार ६० हजार ५५८ जना संक्रमित थपिएका छन्। यो संख्या अगस्ट १४ यताकै सबैभन्दा धेरै हो । त्यस्तै शुक्रवार नै अमेरिकामा ९१० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया