कोरोना कहर : भारतमा पछिल्लो २४ घण्टामा कति थपिए संक्रमित, कतिको मृत्यु ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले विश्वमा १० लाख ७२ हजार ६०५ जनाको मृत्यु भएको छ भने ३ करोड ७० लाख ९९ हजार १३४ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ७८ लाख ९० हजार ९४३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६८ हजार ४१० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ७ हजार ४५० जनाको मृत्यु भएको छ भने ६९ लाख ७७ हजार ८ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ५९ लाख ८५ हजार ५०५ जना संक्रमण मुक्त भएका छन् भने ८ लाख ८४ हजार ५३ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच भारतमा ७३ हजार १९६ जना संक्रमित थपिएका छन् भने ९२९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?