चीनमा आज २१ संक्रमित थपिए

चिनियाँ अधिकारीहरुका अनुसार चीनमा हाल संक्रमितको संख्या ८५ हजार ५२१ जना रहेका छन् भने बितेको २४ घण्टामा २१ जनामात्रै संक्रमित थपिएका छन् ।

यस्तै चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६३४ रहँदा हालसम्म कोरोना निको हुनेको संख्या ८० हजार ६८१ जना रहेको छ । हाल चीनमा २०६ जनामात्रै सक्रिय संक्रमित रहेको बताइएको छ।

चीनमा भन्दा पछि संक्रमण सुरु भएको नेपालमा सो देशमा भन्दा धेरै संक्रमित रहेका छन् । नेपालमा शुक्रबार कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?